कांग्रेस विशेष महाधिवेशन तत्काल आह्वान गर्न पुनः ध्यानाकर्षण

हिमाल प्रेस २१ पुष २०८२ १७:३३
36
SHARES
कांग्रेस विशेष महाधिवेशन तत्काल आह्वान गर्न पुनः ध्यानाकर्षण

काठमाडौँ- नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै आएका नेताहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा पुनः ध्यानाकर्षण गराएका छन्।

सोमबार पार्टी कार्यालयमा ध्यानाकर्षण गराएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता देवराज चालिसेले विशेष महाधिवेशन तत्काल आह्वान गरिनुपर्ने मागसहित ध्यानाकर्षण गराइएको जानकारी दिए।

विशेष महाधिवेशनको निर्णयका लागि पुनः ध्यानाकर्षण पत्रसमेत दर्ता गरिएको उनले बताए। ‘विशेष महाधिवेशन आह्वान गरियोस् भनी २ हजार ४ सय ८८ जनाको हस्ताक्षरसहित पेस गरिएको पत्रलाई नजरअन्दाज नगरियोस्,’ उनले भने, ‘यसअघि पुस ११ गते पनि ध्यानाकर्षण गराएका थियौँ।’

नेता चालिसेले पार्टी नेतृत्वले विधानको सर्वोपरिता स्वीकार नगरेको अनुभूति भएको बताउँदै विशेष महाधिवेशनको माग गर्ने पक्षसँग छलफल नगरी गरिएका एकपक्षीय निर्णय लोकतान्त्रिक हुन नसक्ने टिप्पणी गरे।

प्रकाशित: २१ पुष २०८२ १७:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast