सीटीईभीटीको उपाध्यक्षका लागि ८ जनाको सर्टलिस्ट सार्वजनिक

हिमाल प्रेस २१ पुष २०८२ १५:२५
16
SHARES
सीटीईभीटीको उपाध्यक्षका लागि ८ जनाको सर्टलिस्ट सार्वजनिक

काठमाडौँ- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को उपाध्यक्ष मनोनयनका लागि गठित सिफारिस समितिले ८ जना उम्मेदवारहरूको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार समितिको निर्णयअनुसार सूचना प्रकाशित गर्दै प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाइएको जनाएको हो।

सूचनाअनुसार उपाध्यक्ष पदका लागि आवेदन दिएका उम्मेदवारमध्ये उपेन्द्र पोखरेल, उमेश कुमार मिश्र, काजिराम अधिकारी, कुष्माकर भट्ट, खेमराज जोशी, टैलेन्द्र आचार्य, मोहम्मद सफिउल्लाह र हरि शंकर प्रसाद साह सर्टलिस्टमा परेका छन्।

सर्टलिस्टमा परेका उम्मेदवारहरूले आफूले पेस गरेका शैक्षिक योग्यता र अनुभवसम्बन्धी सक्कल प्रमाणपत्रसहित अन्तर्वार्तामा सहभागी हुनुपर्नेछ।

अन्तर्वार्ता पुस २८ गते सोमबार बिहान ९ बजेदेखि दुई सिफ्टमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा सञ्चालन हुने मन्त्रालयले जनाएको छ।

प्रकाशित: २१ पुष २०८२ १५:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast