दाङ- प्रतिनिधिसभा निर्वाचन प्रत्यक्षतर्फका लागि नेकपा एमालेबाट दाङ क्षेत्र नम्बर २ ले महासचिव महासचिव शंकर पोखरेलको नाम एकल सिफारिस गरेको छ ।
आज बसेको क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेलको एकल नाम सिफारिस गरेको क्षेत्रीय संयोजक सुदन केसीले जानकारी दिए।
यो क्षेत्र महासचिव पोखरेलको गृह क्षेत्र हो। उनी २०७९ सालको निर्वाचनमा तत्कालीन माओवादी नेत्रृ रेखा शर्मासँग पराजित भएका थिए। आगामी फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन तोकिएको छ।
प्रकाशित: २० पुष २०८२ १२:५१
प्रतिक्रिया



