पाथीभरामा हिमपात

हिमाल प्रेस २० पुष २०८२ ७:४२ | Sunday, January 4, 2026
18
SHARES
पाथीभरामा हिमपात

ताप्लेजुङ- ताप्लेजुङको पाथीभरा क्षेत्रमा आज साँझदेखि हिमपात भएको छ। हिमपात भएसँगै पाथीभरा क्षेत्रमा चिसो बढेको छ।

‘पाथीभरा क्षेत्रमा बिहान एकपटक छार्के परेको थियो, साँझदेखि हल्का हिउँ पर्न थाल्यो, चिसो बढेको छ,’ पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले भने।

यसअघि पाथीभरा क्षेत्रमा गत मङ्सिर ६ गते सामान्य हिमपात भएको थियो। केही दिनअघिसम्म मौसम खुले पनि पछिल्ला दिनमा मौसम धुम्मिएकाले जिल्लाभर चिसो बढेको छ। आज दिउँसो सदरमुकाम फुङ्लिङ सहितका ठाउँमा छिटफुट वर्षासमेत भएको थियो।

प्रकाशित: २० पुष २०८२ ७:४२ | Sunday, January 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast