विद्युत् प्राधिकरणले माग्यो यतिधेरै कर्मचारी

हिमाल प्रेस १८ पुष २०८२ ८:१२
12
SHARES
विद्युत् प्राधिकरणले माग्यो यतिधेरै कर्मचारी

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले ठूलो संख्यामा कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।

प्राधिकरण प्रधान कार्यालयले आज सूचना जारी गर्दै विभिन्न पदमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न लागिएको जनाएको हो।

दसौँ तहको सहनिर्देशक, आठौँ तहको निर्देशक, सातौँ तहको प्रशासकीय अधिकृत, चार्टर्ड एकाउन्टेन्ट, समाजशास्त्री, इन्जिनियर, वातावरणविद्, मिटर रिडरदेखि सुपरभाइजर सम्मका २६६ पदका लागि प्राधिकरणले दरखास्त आह्वान गरेको हो।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी माघ ८ गतेसम्म नेपाल विद्युत् प्राधिकरणको वेबसाइटमार्फत अनलाइन आवेदन दरखास्त दिन सक्नेछन्।

विस्तृतमा यहाँ हेर्नुस्

प्रकाशित: १८ पुष २०८२ ८:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast