तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा पुग्यौँ : प्रधानमन्त्री

हिमाल प्रेस १६ पुष २०८२ १८:३१ | Wednesday, December 31, 2025
18
SHARES
तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा पुग्यौँ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा मुलुक अघि बढेको बताएकी छन्।

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडाँैमा आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवादमा उनले राजनीतिक दल तथा युवाहरूसँगको निरन्तर संवाद र सहयोगमा तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा पुगेको बताएकी हुन्।

प्रधानमन्त्री कार्कीले सुशासनको जग बसाल्न र फागुन २१ गते निर्वाचन गर्ने गरी वर्तमान सरकार गठन भएको पनि स्मरण गराइन्। उनले राजनीतिक परिवर्तनले समयानुकूल आम नागरिकको जीविकामा सुधार गर्न नसकेको, पेसा, व्यवसाय र रोजगारीको अवसर नभएको र आचरण–व्यवहार पनि न्यायपूर्ण हुन नसकेका कारण जेनजी आन्दोलन हुन पुगेको उल्लेख गरिन्।

जेनजी आन्दोलनपछिको असामान्य परिस्थितिलाई सम्हाल्दै पुन: भड्किन नदिन र शान्ति सुव्यवस्था कायम गर्न सरकारले निकै संयमका साथ व्यवहार गरिरहेको उनको भनाइ छ।

उनले जेनजी आन्दोलनमा क्षतिग्रस्त व्यवसाय पुनरुत्थानका लागि मौद्रिक, वित्त तथा विकास योजनामार्फत निजी क्षेत्रका सबै माग सम्बोधन गरिएको जानकारी दिइन्।

प्रकाशित: १६ पुष २०८२ १८:३१ | Wednesday, December 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast