उम्मेदवारको जरिवानाबारे कुनै निर्णय नभएको निर्वाचन आयोगको स्पष्टोक्ति

हिमाल प्रेस १६ पुष २०८२ १५:०० | Wednesday, December 31, 2025
16
SHARES
उम्मेदवारको जरिवानाबारे कुनै निर्णय नभएको निर्वाचन आयोगको स्पष्टोक्ति

काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाउनेसम्बन्धी विषयमा हालसम्म कुनै पनि निर्णय नभएको स्पष्ट पारेको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बुधबार विज्ञप्ति जारी गर्दै उम्मेदवारमाथि जरिवाना लगाउने वा उम्मेदवारी अयोग्य ठहर गर्नेबारे आयोगबाट हालसम्म कुनै निर्णय नभएको जानकारी दिएका हुन्।

विभिन्न सञ्चारमाध्यममा केही उम्मेदवारहरूको नाम किटान गर्दै खर्च विवरण नबुझाएकाले उनीहरू आगामी निर्वाचनमा उम्मेदवार हुन नसक्ने दाबी सहित समाचार प्रकाशित भएपछि आयोगको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

आयोगले निर्वाचनलगत्तै खर्च विवरण पेस गरिसकेका उम्मेदवारहरूले सम्बन्धित कागजात तथा पत्रहरू सार्वजनिक गरिरहेको अवस्थालाई पनि ध्यानमा राखिएको जनाएको छ।

केही सञ्चारमाध्यममा कांग्रेस महामन्त्री गगन थापा, नेकपा एमाले सचिव शेरधन राई, एमाले सचिव डा.राजन भट्टराईले खर्च विवरण नबुझाएको भन्दै आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाउने समाचार प्रकाशित भएको थियो।

प्रकाशित: १६ पुष २०८२ १५:०० | Wednesday, December 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast