मधुसुदन भट्टराई निर्देशित फिल्म ‘हामी तीन भाइ’ चैत १३ मा प्रदर्शन हुने

हिमाल प्रेस १६ पुष २०८२ १२:३७ | Wednesday, December 31, 2025
18
SHARES
मधुसुदन भट्टराई निर्देशित फिल्म ‘हामी तीन भाइ’ चैत १३ मा प्रदर्शन हुने

काठमाडौँ- मधुसुदन भट्टराई निर्देशित फिल्म ‘हामी तीन भाइ’ आगामी चैत १३ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले बुधबार फिल्मको एक पोस्टर रिलिज गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।

सार्वजनिक पोस्टरमा तीनजना कलाकार विनोद न्यौपाने, फलित राई र कुशल बिष्टलाई रोमान्टिक अवस्थामा प्रस्तुत भएका छन्। तीनैजना एकअर्काबीच आकाशतर्फ हेरेर खुसी भइरहेको देखिन्छ। छेवैमा एउटा भाले उडिरहेको छ।

फिलम निर्देशक मधुसुदन भट्टराईकै कथा र निर्देशनमा बनेको छ। फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), विकास चाँपागाई, सुष्मा निरौला, यादव देवकोटा (सरापे) लगायत कलाकारको अभिनय छ।

प्रसिद्धि सिने आर्टस् प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्मको निर्माता त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ हुन्। साजित महत प्रस्तुतकर्ता रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्।

शिव ढकालले छायांकन गरेको फिल्म सम्पादन बनिश शाहले गरेका छन्। फिल्म नेसनल सिने ग्रुपले वितरण गर्दैछ।

प्रकाशित: १६ पुष २०८२ १२:३७ | Wednesday, December 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast