२४ घण्टापछि हटाइयो ग्यास बुलेट, सञ्चालनमा आयो महेन्द्र राजमार्ग

हिमाल प्रेस १६ पुष २०८२ ९:५० | Wednesday, December 31, 2025
6
SHARES
२४ घण्टापछि हटाइयो ग्यास बुलेट, सञ्चालनमा आयो महेन्द्र राजमार्ग

रौतहट- मंगलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग केहीबेरअघिदेखि सञ्चालन भएको छ। राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ लमाह पुल नजिक ग्यास बुलेट पल्टिँदा राजमार्ग अवरुद्ध भएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र थापामगरका अनुसार बुलेटभित्रको २१ टन ग्यास रातभरि बाहिर फ्याँकेर टङ्याकर हटाइएको हो। बाटोबाट बुलेट हटाउन छवटा क्रेन प्रयोग गरिएको थियो। यसअघि साना सवारीसाधन चन्द्रनिगाहपुर–गौर वैकल्पिक बाटो प्रयोग गरेका थिए।

प्रकाशित: १६ पुष २०८२ ९:५० | Wednesday, December 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast