कांग्रेसले समयसीमाभित्र बुझाउन सकेन समानुपातिक उम्मेदवारको सूची, अब के हुन्छ?

हिमाल प्रेस १५ पुष २०८२ ७:२९ | Tuesday, December 30, 2025
60
SHARES
कांग्रेसले समयसीमाभित्र बुझाउन सकेन समानुपातिक उम्मेदवारको सूची, अब के हुन्छ?

काठमाडौँ- निर्वाचन आयोगमा नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको बन्दसूची आज बिहानसम्म पनि बुझाएको छैन। हिजो राति नै आयोगमा बुझाउन लगिएको भए पनि सभापति शेरबहादुर देउवाको हस्ताक्षर नहुँदा आयोगले रद्द गरिदिएको थियो।

त्यसपछि कांग्रेस नेता मीन विश्वकर्मा र मुख्य सचिव कृष्णप्रसाद पौडेलसहितका नेता देउवाको हस्ताक्षर बुझाउन निवासतिर लागेका थिए। तर उनीहरू अझै फर्किएका छैनन्। तर आयोगले भने हिजो रातिसम्म आयोग पुग्ने दलहरूलाई आजसम्मको म्याद दिएको छ।

कांग्रेसले अर्जुननरसिंह केसी, भीष्मराज आङदम्बेसहितका नेताको नाम राखेर उम्मेदवार तय गरेको छ। सभापति देउवा र इतरपक्षबीच ६०/४० को भागबन्डा गरेर उम्मेदवार तय गरेको भनिएको थियो।

प्रकाशित: १५ पुष २०८२ ७:२९ | Tuesday, December 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast