जसपा फुट्यो, रेणु यादवसहित नेताहरू उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा फर्किए

हिमाल प्रेस १४ पुष २०८२ १३:२५
16
SHARES
जसपा फुट्यो, रेणु यादवसहित नेताहरू उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा फर्किए

काठमाडौँ- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) फुटेको छ। सहअध्यक्ष रेणु यादवसहितका नेताहरू उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) मा फर्किएका हुन्।

पार्टी एकतासम्बन्धी सहमति पत्रमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जसपाकी सहअध्यक्ष रेणु यादवले हस्ताक्षर गरेका छन्। यससँगै दुवै दलबीच औपचारिक एकताको घोषणा गरिएको छ।

यद्यपि, जसपा अध्यक्ष अशोक राईले आफू एकतामा सहभागी नभएको स्पष्ट पारेका छन्। ‘रेणु यादव, प्रदीप यादवलगायत केही साथीहरू जसपा नेपालमै फर्कनुभएको हो। म एकतामा सामेल छैन,’ उनले भने।

यसअघि जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बीच पनि पार्टी एकताको सहमति भएको थियो।

नेता प्रदीप यादवले मधेश आन्दोलनका उपलब्धिको संरक्षण र संवर्द्धनका लागि एकता अपरिहार्य भएको बताए। उनले भने, ‘मधेश आन्दोलनको उपलब्धिका रूपमा रहेको संघीयता र गणतन्त्रको संरक्षण एवं संवर्द्धन तथा मधेश र मधेशी जनताको अधिकार सुनिश्चित गर्न बदलिँदो राजनीतिक परिवेशमा जनता समाजवादी नेपाल र जनता समाजवादी पार्टीबीचको एकता आवश्यक थियो। मधेशी जनताको चाहना र जनअपेक्षालाई शिरोपर गर्दै यो एकता घोषणा गरिएको हो।’

प्रकाशित: १४ पुष २०८२ १३:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast