काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरका मेयर बालेन शाहबीच एकता सम्झौता भएलगत्तै हरिशरण लामिछानेले काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले सामाजिक सन्जालमार्फत मेयरमा उम्मेदवारी दिने बताएका हुन्।
रवि लामिछाने र बालेनको मिलनप्रति खुसी व्यक्त गर्दै उनले काठमाडौको भावी मेयरमा आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन्। हरिशरण रविका दाइ हुन्। उनी लामो समय रेडियो नेपालमा काम गरेर अवकाशप्राप्त हुन्।
प्रकाशित: १३ पुष २०८२ ८:२९
प्रतिक्रिया




