ब्वाइलर विष्फोट हुँदा एकको मृत्यु, छ जना घाइते

हिमाल प्रेस १२ पुष २०८२ ११:१४ | Saturday, December 27, 2025
8
SHARES

रौतहट- कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीको ब्वाइलर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य छ जना कामदार घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णु बस्यालका अनुसार आज बिहान भएको ब्वाइलर विष्फोटमा सोही नगरपालिका–९ बलुवाका ४५ वर्षीय लक्ष्मण यादवको घटनास्थलमा नै मृत्यु भएको हो । सबै घाइतेका हातखुट्टा जलेका छन्।

उनीहरूलाई उपचारका निम्ति वीरगञ्ज पठाइएको छ। विष्फोटनको कारण स्पष्ट भएको छैन । प्रहरी अनुसन्धान जारी छ।

प्रकाशित: १२ पुष २०८२ ११:१४ | Saturday, December 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast