यी स्थानमा आज जानेछ बिद्युत्

हिमाल प्रेस १२ पुष २०८२ ६:२३
10
SHARES
यी स्थानमा आज जानेछ बिद्युत्

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) राजधानी काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने गर्ने भएको छ।

प्राधिकरणले जारी गरेको सूचनाअनुसार पानीपोखरी फिडर र हस्पिटल फिडर मातहतका विभिन्न स्थानमा आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बिजुली कटौती हुनेछ। जसअनुसार लाजिम्पाट, पानीपोखरी, महाराजगन्ज, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्रमा बिजुली कटौती हुनेछ।

राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र नेपाल प्रहरी अस्पताल आसपासका क्षेत्रमा पनि बिजुली कटौती हुनेछ। विद्युत् प्राधिकरणका अनुसार काठमाडौँ उपत्यकामध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले वितरण प्रणाली भूमिगत कार्य गरिरहेको र भूमिगतकार्य सम्पन्न भइसकेका केवल जोड्ने प्रयोजनका लागि बिजुली कटौती गर्न लागिएको हो।

तोकिएको काम निर्धारित समयअगावै सम्पन्न भएको खण्डमा निर्धारित समयभन्दा अघि नै बिजुली प्रवाह हुने सूचनामा उल्लेख छ।

 

प्रकाशित: १२ पुष २०८२ ६:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast