बालिका करणी मुद्दा : मुख्य आरोपित थुनामा, एमाले नेता हिरासहित पाँच जना धरौटीमा रिहा

हिमाल प्रेस ११ पुष २०८२ २१:२७ | Friday, December 26, 2025
324
SHARES
बालिका करणी मुद्दा : मुख्य आरोपित थुनामा, एमाले नेता हिरासहित पाँच जना धरौटीमा रिहा एमाले नेता हिरा साह।

जनकपुरधाम- जनकपुरधामकी एक १४ वर्षीया बालिकामाथि सामूहिक जबरदस्ती करणी गरेको आरोपमा पक्राउ परेकामध्ये मुख्य आरोपित एक जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। पाँच जना धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत धनुषाका न्यायाधीश ईश्वर आचार्यको एकल इजलासले मुख्य आरोपित मनोजकुमार साहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

सोही घटनामा संलग्न रहेको आरोप लागेका शिवशंकर साह (हिरा), अमित ठाकुर, रामकुमार साह, पीडित बालिकाका मामासँग दुई-दुई लाख रूपैयाँ धरौटी माग गरिएको छ। त्यस्तै होटलका म्यानेजर रामबाबु झालाई ५० हजार रूपैयाँ धरौटीमा रिहा गर्ने आदेश अदालतले दिएको छ। धरौटी बुझाउन नसके थुनामा पठाइने आदेशमा उल्लेख छ।

अदालतको आदेशमा दुवै पक्षको बहस सुनी तत्काल उपलब्ध प्रमाणका आधारमा पछि अभियोग ठहरे कानुनअनुसार सजाय तोकिने उल्लेख गर्दै हाललाई धरौटीमा तारिखमा रिहा गर्न उपयुक्त ठहर गरिएको जनाइएको छ।

उक्त घटना एक महिनाअघि जनकपुरधाम–जानकी चौकस्थित मनोज साहले सञ्चालन गर्दै आएको होटलमा भएको अभियोगपत्रमा उल्लेख छ। घटनापछि फरार रहेका मनोज साहलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरी धनुषा ल्याएको थियो। उनका भाइ शिवशंकर साह ९हिरा०लाई भने भारतीय प्रहरीको सहयोगमा भारतको बिहार राज्यस्थित सीतामढीबाट पक्राउ गरी धनुषा ल्याइएको थियो।

राजनीतिकरूपमा समेत परिचित हिरा नेकपा एमालेका नेता हुन्। उनी जनकपुर उद्योग वाणिज्य संघ तथा मधेश उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष रहिसकेका छन्। पछिल्लो स्थानीय तह निर्वाचनमा उनी जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार बनेका थिए। यद्यपि उनी पराजित भएका थिए।

प्रकाशित: ११ पुष २०८२ २१:२७ | Friday, December 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast