D
काठमाडौँ- संयुक्त राष्ट्रसंघको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली सेनाको युद्ध भैरव गण तेस्रो डफ्फालाई गोरखनाथ गणको डफ्फाले बदली गरेको छ।
उक्त मुलुकबाट बिहीबार २२४ जना शान्ति सैनिक फिर्ता भएका र यहाँबाट २२५ जना त्यसतर्फ सोही दिन प्रस्थान गरेका जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
हाल उक्त देशमा एक हजार १८८ जना कार्यरत छन्।
प्रकाशित: ११ पुष २०८२ १५:३४
प्रतिक्रिया




