दुई नेपाली शान्ति सैनिकलाई मरणोपरान्त सम्मान गरिँदै

हिमाल प्रेस १५ जेठ २०८३ ८:०३ | Friday, May 29, 2026
10
SHARES
दुई नेपाली शान्ति सैनिकलाई मरणोपरान्त सम्मान गरिँदै

काठमाडौँ- राष्ट्रंघीय सुरक्षा परिषद्ले सन् १९४८ मा पश्चिम एसियामा राष्ट्रसंघीय शान्ति स्थापना सञ्चालन भएको दिवसको स्मरणमा शुक्रबार राष्ट्रसंघीय शान्ति सैनिक दिवस मनाइँदै छ।

यसै अवसरमा दुई जना नेपाली शान्ति सैनिकलाई मरणोपरान्त सम्मान गरिँदैछ।

ललितपुरस्थित राष्ट्रसंघीय कार्यालयका अनुसार न्युयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा यही जेठ २२ गते महासचिव एन्टोनियो गुटरेसले शान्तिसेनाको सम्मानमा पुष्पचक्र अर्पण गर्ने कार्यक्रम छ।

कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका ६८ जना सैनिक, प्रहरी तथा नागरिकलाई मरणोपरान्त ड्याग ह्यामर्शोल्ड पदक प्रदान गरिनेछ। यो पदकबाट नेपालका सुरज लामिछाने तथा देवीराम जैसीलाई मरणोपरान्त सम्मान गरिँदै छ।

संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा सबैभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने मुलुक नेपाल हो। नेपालबाट ३६४ महिलासहित चार हजार ३०० भन्दा बढी सैनिक तथा प्रहरी कर्मचारी परिचालन भएका छन्।

प्रकाशित: १५ जेठ २०८३ ८:०३ | Friday, May 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast