तनहुँ १ मा रामचन्द्रको अग्रता

हिमाल प्रेस ५ मंसिर २०७९ २१:१८ | Monday, November 21, 2022
तनहुँ १ मा रामचन्द्रको अग्रता

तनहुँ– तनहुँ क्षेत्र १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ। प्रारम्भिक मतगणनामा कांग्रेसका रामचन्द्र पौडेलले अग्रता लिएका छन्। प्रारम्भिक चरणमा एक हजार मत गणना भएको छ। पाँचदलीय गठबन्धनका साझा उम्मेदवार पौडेलले चार सय ३९ मत पाएका छन्।

नेकपा एमालेका एकबहादुर रानाले दुई सय ४७, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ९४, स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ७३ मत प्राप्त गरेका छन्। निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख २३ हजार ४९० मतदाता रहेकामा ६७ हजार १३० मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ।

यो ५४.३६ प्रतिशत हो । तनहुँ १ मा प्रतिनिधिसभा सदस्यतर्फ १० जना उम्मेदवार प्रतिस्पर्धामा छन्। तनहुँ १ (१) मा पनि कांग्रेसले नै अग्रता लिएको छ। प्रारम्भिक चार सय मतगणना गर्दा कांग्रेसका अशोक श्रेष्ठले एक सय ७३ मत प्राप्त गरेका छन्। एमालेका राम गुरुङले ९५ मत पाएका छन्।

प्रकाशित: ५ मंसिर २०७९ २१:१८ | Monday, November 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast