काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् ।
डल्लुस्थित निवासमा पुगेर चित्रकारको बुधबार उनले चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् । पूर्वराष्ट्रपति भण्डारीले चित्रकारको स्वास्थ्यलाभको कामना गरिन्।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा उनी आफ्नै घरमा आगजनीमा परेर गम्भीर घाइते भएकी थिइन् ।
प्रकाशित: १० पुष २०८२ ७:१५
प्रतिक्रिया




