काठमाडौँ- प्रतिनिधिसभाको उपसभामुखको उम्मेदवार टुंगो गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ। शुक्रबार बिहान साढे ९ बजे रास्वपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो।
रास्वपाले उपसभामुख पाउने सत्ता साझेदार दलबीच समझदारी छ। अब रास्वपाले सांसद सोबिता गौतमलाई उम्मेदवार बनाउन सक्छ।
उपसभामुखको चुनाव ७ माघका लागि तय भएको छ। संसद् सचिवालयले बिहीबार उपसभामुखको चुनावी कार्यतालिका प्रकाशित गरेको छ।
प्रकाशित: ६ माघ २०७९ ७:४२
प्रतिक्रिया