कांग्रेस बैठक : प्रदेशसभाको समानुपातिक प्रणालीको बन्दसूचीमा रहेका १९ जनाको नाम हटाउने निर्णय

हिमाल प्रेस ९ पुष २०८२ १७:३६ | Wednesday, December 24, 2025
18
SHARES
कांग्रेस बैठक : प्रदेशसभाको समानुपातिक प्रणालीको बन्दसूचीमा रहेका १९ जनाको नाम हटाउने निर्णय फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसले विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको बन्दसूचीमा रहेका १९ जनाको नाम हटाउने निर्णय गरेको छ।

बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले २०७९ सालको निर्वाचनका लागि विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने निर्णय गरेको हो।

बैठकपछि पार्टी प्रवक्ता प्रकाशशरण महतले प्रदेशसभातर्फ समानुपातिक प्रणालीको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने निर्णय भएको जानकारी दिए।

१९ जनाको नाम हटाएर संघीय समानुपातिकमा जान चाहनेहरूको सूची पारित भएको बताउँदै उनले यो निर्णय निर्वाचन आयोगलाई बुझाउने जानकारी दिए।

प्रवक्ता महतले बिहीबार पनि कार्यसम्पादन समितिको बैठक बस्ने बताए। बिहीबार बस्ने बैठकमा महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने उनले जानकारी दिए।

प्रकाशित: ९ पुष २०८२ १७:३६ | Wednesday, December 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast