निर्वाचन सफल बनाउन सरकार र प्रमुख तीन दलबीच समझदारी, विस्तृत छलफल बालुवाटारमा हुने

हिमाल प्रेस ८ पुष २०८२ १८:३६ | Tuesday, December 23, 2025
58
SHARES
निर्वाचन सफल बनाउन सरकार र प्रमुख तीन दलबीच समझदारी, विस्तृत छलफल बालुवाटारमा हुने राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार बोलाएको बैठकमा सहभागी प्रधानमन्त्री सुशीला कार्की, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, 'प्रचण्ड' नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओली। तस्बिर स्रोत : राष्ट्रपतिको कार्यालय

काठमाडौँ- सरकार र प्रमुख तीन दलबीच फागुन २१ गते हुने निर्वाचन सफल बनाउन वातावरण तयार गर्ने समझदारी भएको छ।

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार अपराह्न प्रधानमन्त्री सुुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहालसँगको छलफलमा यस्तो समझदारी भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। उनका अनुसार चुनावको वातावरण बनाउने विषयमा विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी पनि बनेको छ।

‘देशको परिस्थिति गम्भीर र संवेदनशील भएको अवस्थामा निकास दिनका लागि चुनावको घोषणा भएको हो, यो गम्भीरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु हामी सबैको एक मात्र दायित्व हो,’ राष्ट्रपति पौडेलले सो छलफलमा भनेका थिए।

राष्ट्रपति पौडेलले देशको वर्तमान जटिल अवस्थाको निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको बताउँदै आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्रीसहित मुख्य तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई आग्रह गरेका थिए।

प्रकाशित: ८ पुष २०८२ १८:३६ | Tuesday, December 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast