पूर्वगृहमन्त्री रमेश लेखक। फाइल तस्बिर।
काठमाडौँ- भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानमा बोलाएको छ। आज (मंगलबार) पत्र पठाउँदै लेखकलाई बयानका लागि बोलाइएको हो।
उनलाई शुक्रबार बयानमा बोलाइएको बताइएको छ।
लेखकपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानमा बोलाउने आयोगको तयारी छ। तर ओलीले भने आफूले बयान नदिने सार्वजनिक रूपमा बताउँदै आएका छन्।
प्रकाशित: ८ पुष २०८२ १६:०० | Tuesday, December 23, 2025
प्रतिक्रिया



