बालेनसँगको भेटबारे रवि : पद बाँडफाँटको विषयमा कुरा भएको छैन

हिमाल प्रेस ८ पुष २०८२ १५:०८ | Tuesday, December 23, 2025
8
SHARES
बालेनसँगको भेटबारे रवि : पद बाँडफाँटको विषयमा कुरा भएको छैन रास्वपा सभापति रवि लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) सँगको भेटमा पद बाँडफाँटको विषय नभएको बताएका छन्। आज (मंगलबार) चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले पदका विषयमा केही कुरा नभएको बताएका हुन्।

बालेनलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति भएको हो? भनेर पत्रकार गरेको प्रश्नमा उनले भने, ‘हामी त्यो चरणमा प्रवेश गरेका छैनौँ। अहिले नै हतार नगर्नुस् न।’

उनले नयाँ र वैकल्पिक भनिएका शक्तिहरूसँग संवाद गरिरहेको बताए। यसलाई टुंगोमा पुर्‍याउने गरी संवाद सुरु भएको उनको भनाइ छ। ‘सुदनजी, कुलमानजीहरूसँग पनि छलफल गर्छौँ, एकै ठाउँमा ल्याउने जिम्मेवारी पनि रास्वपाकै हो,’ उनले भने।

सोमबार राति रवि लामिछाने र बालेनबीच झण्डै ७ घण्टा वार्ता भएको थियो।

प्रकाशित: ८ पुष २०८२ १५:०८ | Tuesday, December 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast