प्रधानमन्त्रीलाई कांग्रेसको सुझाव : शीर्ष नेताहरूसँग संवाद गर्नुस्

हिमाल प्रेस ७ पुष २०८२ १६:४९ | Monday, December 22, 2025
38
SHARES
प्रधानमन्त्रीलाई कांग्रेसको सुझाव : शीर्ष नेताहरूसँग संवाद गर्नुस् तस्बिर : रासस

काठमाडौँ- नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले चुनावको वातावरण बनाउन शीर्ष नेताहरूसँग छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीलाई सुझाव दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित सर्वपक्षीय छलफलमा उनले यस्तो बताएका हुन्।

सहमहामन्त्री यादवले समय घर्किँदै गइरहे पनि सरकारले चुनावको वातावरण बनाउनतर्फ ध्यान नदिएको उल्लेख गरे।

‘समय नजिकिँदैछ, चुनावको वातावरण बनेको अनुभव कसैले गरेको छैन,’ उनले भने,‘सरकारले चुनावको वातावरण बनाउनसकेको छैन। चुनाव हुन्छ कि हुँदैन भन्ने संशय पनि छ। प्रधानमन्त्रीज्यूले शीर्ष नेताहरूसँग छलफल गर्नुस् मेरो आग्रह छ।’

यादवले नेपाली कांग्रेस चुनावका लागि तयार रहेको उल्लेख गरे। उनले भने,‘हामी चुनावका लागि तयार छौँ। हामीले केन्द्रीय समितिबाटै निर्णय गरेर फागुन २१ गतेको निर्वाचनमा सहभागी हुने तय गरिसकेका छौँ।’

निर्वाचनका लागि आफूहरूले तयारी गरिरहेको उल्लेख गर्दै उनले उम्मेदवार छनोटका कार्य पनि अगाडि बढिसकेको प्रधानमन्त्रीलाई जानकारी गराए।

सहमहामन्त्री यादवले नेताहरूलाई स्थानहदमा राखिएको साथै शान्ति सुरक्षाको वातावरण बनाउन सरकारलाई ध्यानाकर्षण गराए।

‘सुरक्षा थ्रेट छ भनेर सबैलाई थाहा। सरकारले पूर्वमन्त्रीहरूको सुरक्षा फिर्ता बोलाएको छ,’ उनले भने,‘नेताहरूलाई स्थानहदमा राखिएको छ, यो अवस्थामा कसरी चुनाव हुन्छ?’

विनेशमा रहेका नेपालीलाई मताधिकार दिनुपर्ने विषयमा आफूहरूको असहमति नरहे पनि फागुन २१ सम्म सम्भव नभएको उनले उल्लेख गरे।

प्रकाशित: ७ पुष २०८२ १६:४९ | Monday, December 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast