मनाइयो ‘बारे डे’

हिमाल प्रेस ७ पुष २०८२ १५:१७ | Monday, December 22, 2025
20
SHARES
मनाइयो ‘बारे डे’

काठमाडौँ- कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएशनले ७० औँ स्थापना दिवस मनाएको छ।

दिवसका अवसरमा सोमबार बार परिसर रामशाहपथमा पहिलो बार कार्यसमितिमा रहेका कार्यसमिति सदस्यहरुको तस्बिरमा माल्र्यापण गरेर बार डे मनाइएको हो।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलगायत माल्र्यापण कार्यक्रममा सहभागी भएका थिए।

बार एसोसिएशनका अध्यक्ष डा. विजयप्रसाद मिश्रले बार दिवस–२०८२ विभिन्न कार्यक्रमको आयोजना गरी देशैभरका कार्यालयहरुमा मनाइएको जानकारी दिए। उनले नेपालको न्यायापालिकालाई स्वच्छ, निष्पक्षका साथै मुलुकमा संविधानवाद स्थापनाका लागि बार सदैव तत्पर रहेको बताए।

२०१३ साल पुस ७ गते स्थापना भएको बार एशोसिएशनले प्रत्येक वर्ष पुस ७ गते बार डे मनाउँदै आएको छ।

प्रकाशित: ७ पुष २०८२ १५:१७ | Monday, December 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast