मधेश प्रदेश सभामुख यादवले लिए शपथ

हिमाल प्रेस ७ पुष २०८२ ६:३६ | Monday, December 22, 2025
10
SHARES
मधेश प्रदेश सभामुख यादवले लिए शपथ

काठमाडौँ- मधेश प्रदेशसभाका नवनिर्वाचित सभामुख रामआशिष यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्।प्रदेशसभाबाट आइतबार सभामुखमा निर्वाचित भएका सभामुख यादवले शपथ लिएका हुन्। उनलाई मधेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले शपथ ग्रहण गराएका हुन्।

यसअघि आजै बसेको प्रदेशसभामा मत विभाजन प्रक्रियामार्फत उनी सभामुख निर्वाचित भएका थिए। उनको विपक्षमा एमालेका त्रिलोकी प्रसादले सभामुखमा उम्मेदवारी दिएका थिए।

प्रकाशित: ७ पुष २०८२ ६:३६ | Monday, December 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast