आयातमा नगद मार्जिनको व्यवस्था खारेज

हिमाल प्रेस ५ माघ २०७९ १७:२७ | Thursday, January 19, 2023
आयातमा नगद मार्जिनको व्यवस्था खारेज राष्ट्र बैंक

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आयातमा भएको अनिवार्य नगद मार्जिनको व्यवस्था खारेज गरेको छ। राष्ट्र बैंकले एकीकृत परिपत्र जारी गर्दै बिहीबार सबै प्रकारको नगद मार्जिनको व्यवस्था हटाएको हो। विदेशी विनिमयको सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले एक वर्षअघि आयातको प्रतिपत्रमा ५० देखि शतप्रतिशतसम्म नगद मार्जिनको व्यवस्था लागू गरेको थियो।

 नेपाल राष्ट्र बैंकले गत वर्षको पुस र माघमा गरेर ४८ समूहका वस्तुको आयातका लागि नगद मार्जिनको व्यवस्था गरेको थियो।

आयातमा विभिन्न उपायमार्फत कडाइ गरेपछि विदेशी विनिमय सञ्चिति बढ्दै गएको छ। डलर सञ्चितिमा सुधार आएपछि गत महिना राष्ट्र बैंकले निर्माण सामग्रीको आयातमा गरिएको नगद मार्जिन हटाएको थियो। व्यवसायीहरूले पनि अनिवार्य नगद मार्जिनको व्यवस्थाको विरोध गर्दै आएका थिए।

प्रकाशित: ५ माघ २०७९ १७:२७ | Thursday, January 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast