काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्नेमा जोड दिएकी छन्।
आइतबार सिंहदरबारमा इलाम क्षेत्र नं. २ का निवर्तमान सांसद सुहाङ नेम्बाङ नेतृत्वको प्रतिनिधिमण्डलसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले वर्तमान सरकार चुनाव गराउनैका लागि आएकाले अब कुनै दुविधा नराखी चुनावको तयारी गर्न आग्रह समेत गरिन्। उनले शान्ति स्थापना र कानुनको शासन बहालीमा सफलता मिलेको बताइन्।
प्रधानमन्त्री कार्कीले अब मुलुकको नेतृत्व गर्न युवाहरू अग्रसर हुनुपर्ने उल्लेख गरिन्। नेम्बाङले इलाममा बाढीपहिरोका कारण क्षतिग्रस्त राजमार्ग र पुल पुन:निर्माणमा तदारुकता देखाउनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
प्रधानमन्त्री कार्कीले हालै भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले स्थलगत अवलोकन निरीक्षण गरी फर्किएको र यस विषयमा सरकार गम्भीर रहेको जानकारी दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।




