नवलपरासी-१ बाट विनोद चौधरी सिफारिस

हिमाल प्रेस ६ पुष २०८२ १३:४३ | Sunday, December 21, 2025
12
SHARES
नवलपरासी-१ बाट विनोद चौधरी सिफारिस

काठमाडौँ- नेपाली कांग्रेस नवलपरासी-१ ले प्रतिनिधिसभा सदस्यका लागि विनोद चौधरीको नाम प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि चौधरीको एकल नाम सिफारिस गरिएको हो। कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको बैठकले जिल्लाबाट आएका सिफारिस आवश्यक सुझावसहित केन्द्रमा पठाउने निर्णय गरेको छ।

यसअघि प्रतिनिधिसभा प्रत्यक्षतर्फ सिफारिसमा परेका नेता विक्रम खनाल पार्टीको केन्द्रीय अनुशासन समितिबाट साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेकाले उनको नाम केन्द्रमा नपठाइएको प्रदेश कार्यसमितिले जनाएको छ। खनाल कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति महामन्त्री थिए।

प्रदेश कार्यसमितिको निर्णयमा कारबाहीमा परेका व्यक्तिको नाम सिफारिस गर्न नमिल्ने उल्लेख गरिएको छ। चौधरी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नवलपरासी-१ बाट कांग्रेसका तर्फबाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

प्रकाशित: ६ पुष २०८२ १३:४३ | Sunday, December 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast