रिहा भए रवि

हिमाल प्रेस ४ पुष २०८२ १८:२७ | Friday, December 19, 2025
38
SHARES
रिहा भए रवि

बुटवल- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज (शुक्रबार) रिहा भएका छन्। बिहीबार नै उच्च अदालत तुलसीपुर बुटवल इजलासले धरौटीमा छाड्न आदेश दिए पनि छुटपूर्जी लिन रुपन्देही पुग्नुपर्ने भएपछि आज मात्रै उनी रिहा भएका हुन्।

कानुनी प्रक्रिया पूरा गर्न उनी आज चितवन हुँदै रूपन्देही पुगेका थिए। भैरहवामा हवाई उडानका लागि मौसम अनुकूल नभएपछि उनी चितवन हुँदै गाडीमा रूपन्देही पुगेका थिए।

लामिछानेले कुल ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएर रिहा भएकाे जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालले जानकारी दिए। उनी रिहा भएपछि थुप्रै समर्थकहरूले उनको स्वागत गरेका थिए।

सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका उनलाई अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले बिगो बराबर धरौटी माग गरेर छाड्न आदेश दिएको हो।

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि साउन २६ गते जिल्ला अदालतका रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले रिहा गर्न अस्वीकार गरेको थियो।

रविलाई धरौटीमा छाड्न उच्च अदालतले गरेका यी सर्त

प्रकाशित: ४ पुष २०८२ १८:२७ | Friday, December 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast