राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिकको मस्कट अनावरण

हिमाल प्रेस ४ पुष २०८२ १२:४१ | Friday, December 19, 2025
36
SHARES
राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिकको मस्कट अनावरण शीतल निवासमा शुक्रबार १३औँ किन्डर ओलम्पिकको मस्कट अनावरण गर्दै राष्ट्रपति रामचन्द्र पौडेल। तस्बिर : राष्ट्रपतिको सचिवालय

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले १३औँ किन्डर ओलम्पिकको मस्कट अनावरण गर्नुका साथ ओलम्पिक टर्च हस्तान्तरण गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित एक कार्यक्रममा मस्कटको अनावरण गर्नुका साथै उनले नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठलाई ओलम्पिक टर्च हस्तान्तरण गरेका हुन्।

१३ औँ किन्डर ओलम्पिक पुस १२ गतेदेखि १५ गतेसम्म दशरथ रंगशालामा हुँदै छ। ओलम्पिकमा विभिन्न १२ खेलमा प्रतिस्पर्धा हुने नेपाल विद्यालय खेलकुद महासंघले जनाएको छ।

प्रकाशित: ४ पुष २०८२ १२:४१ | Friday, December 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast