एमालेको १९ सदस्यीय पदाधिकारीमा एकमात्रै महिला

हिमाल प्रेस ३ पुष २०८२ १६:११ | Thursday, December 18, 2025
28
SHARES
एमालेको १९ सदस्यीय पदाधिकारीमा एकमात्रै महिला पद्मा अर्याल

काठमाडौँ- नेकपा एमालेको १९ पदाधिकारी निर्वाचित हुँदा एकजना मात्रै महिला परेकी छन्। नेत्री पद्मा अर्याल सचिवमा निर्वाचित भएकी हुन्। उनले एक हजार पाँच सय ३० मत प्राप्त गरिन्। अर्याल ओली प्यानलबाट प्रतिस्पर्धामा थिइन्। उनी यसअघि पनि सचिव नै थिइन्। यसअघि एमाले उपाध्यक्ष रहेकी अष्टलक्ष्मी शाक्यले यसपटक भने कुनै पदमा प्रतिस्पर्धा गरेकी थिइनन्।

पदाधिकारीका लागि तीनजना महिला मात्रै प्रतिस्पर्धामा थिए। उपाध्यक्षमा प्रतिस्पर्धा गरेकी बिन्दा पाण्डे र सचिवमा प्रतिस्पर्धा गरेकी रचना खड्कमा पराजित भएका छन्। उनीहरू दुवैजना ईश्वर पोखरेल समूहबाट मैदानमा थिए।

१९ सदस्यीय पदाधिकारीमा अध्यक्ष केपी शर्मा ओली समूहबाट ओलीसहित १७ जना निर्वाचित भएका छन्। अध्यक्षका अर्का प्रत्यासी ईश्वर पोखरेल समूहबाट चुनाव लडेका उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराई निर्वाचित भएका छन्।

यी हुन् पदाधिकारी

• केपी शर्मा ओली : अध्यक्ष

उपाध्यक्षहरू ५
• पृथ्वी सुब्बा गुरुङ
• विष्णुप्रसाद पौडेल
• रामबहादुर थापा ‘बादल’
• गोकर्णराज विष्ट
• रघुजी पन्त

महासचिव : शंकर पोखरेल

उपमहासचिव (३)

• लेखराज भट्ट
• रघुवीर महासेठ
• योगेश भट्टराई

सचिव (९)
• महेश बस्नेत
• पद्माकुमारी अर्याल
• छविलाल विश्वकर्मा
• शेरधन राई
• हिक्मतकुमार कार्की
• खगराज अधिकारी
• यमलाल कँडेल
• राजन भट्टराई
• भानुभक्त ढकाल

प्रकाशित: ३ पुष २०८२ १६:११ | Thursday, December 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast