एमाले महाधिवेशन : मतदान गर्न ५ बजेभित्र मतदान स्थल पुगिसक्नुपर्ने

हिमाल प्रेस २ पुष २०८२ १३:५६
16
SHARES
एमाले महाधिवेशन : मतदान गर्न ५ बजेभित्र मतदान स्थल पुगिसक्नुपर्ने

काठमाडौँ- नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि अहिले मतदान जारी छ। बिहान १० बजेदेखि सुरु भएको मतदान प्रक्रिया रातिसम्म चल्ने एमालेको निर्वाचन आयोगले जनाएको छ। आयोगले मतदानका लागि बेलुका ५ बजेसम्मा मतदान स्थल पुगिसक्न सूचना जारी गरेको छ।

आयोगले ५ बजेपछि मतदान स्थल आए मतदान गर्न नपाउने निर्णय जारी गरेको छ। ‘आयोगले ५ बजेसम्ममा मतदान स्थल प्रवेश गर्न अनुरोध गरेको छ।’ एमाले निकट अनेरास्ववियुका अध्यक्ष दीपक धामी भन्छन्।

धामीका अनुसार अहिलेसम्म ४०० मतदाताले मतदान गरिसकेका छन्। एमालेको महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल भिडिरहेका छन्।

प्रकाशित: २ पुष २०८२ १३:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast