वीरगन्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व संंकलन

हिमाल प्रेस २ पुष २०८२ १२:१० | Wednesday, December 17, 2025
18
SHARES
वीरगन्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व संंकलन

पर्सा- वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व संकलन गरेको छ।

कार्यालयले गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने १२ अर्ब एक करोड अर्थात् १४ प्रतिशत बढी राजस्व संकलन गरेको हो। जबकी कार्यालयले गत आवको पाँच महिनामा भने ८४ अर्ब ३७ करोड राजस्व संकलन गरेको थियो।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको पाँच महिनामा राजस्व संकलन उत्साहजनक रहेको बताए। ‘कार्यालयले मंसिर महिनामा २१ अर्ब ३३ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, कार्यालयले सो महिनामा मात्रै लक्ष्यको ९८ प्रतिशत अर्थात् २० अर्ब ८० करोड राजस्व संकलन गरेको छ।’

प्रमुख भन्सार प्रशासक ज्ञवालीले चालु आवको पाँच महिनामध्ये सबैभन्दा धेरै राजस्व पनि मंसिर महिनामा संकलन भएको बताए। साउनमा रु १८ अर्ब ४४ करोड, भदौमा रु २० अर्ब ७३ करोड, असोज महिनामा १९ अर्ब नौ करोड राजस्व संकलन भएको थियो।

कात्तिक महिनामा रु १७ अर्ब ३३ करोड र मंसिर महिनामा भने रु २० अर्ब ८० करोड राजस्व संकलन भएको छ । भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयालाई वर्षभरिमा रु दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको छ । हालसम्मको पाँच महिनामा वार्षिक लक्ष्यको ८७ प्रतिशत राजस्व संकलन भएको छ ।

प्रकाशित: २ पुष २०८२ १२:१० | Wednesday, December 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast