‘आ बाट आमा’ काे शीर्ष गीत ‘सृष्टिकै पहिलो नाम’ सार्वजनिक [भिडियोसहित]

हिमाल प्रेस १ पुष २०८२ ११:१५ | Tuesday, December 16, 2025
28
SHARES
‘आ बाट आमा’ काे शीर्ष गीत ‘सृष्टिकै पहिलो नाम’ सार्वजनिक [भिडियोसहित]

काठमाडौँ- चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’ को शीर्ष गीत ‘सृष्टिकै पहिलो नाम’ सार्वजनिक भएको छ। गीत ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

गीतको भिडियोमा परदेशिएको छोराको विलौला र आमाको मायालाई देखाइएको छ। भिडियोमा विपना थापा, पल शाह, प्रदीप रावत, सिम्रन पन्त, उषा उप्रेती, साइग्रेस पोखरेल, गजित बिष्टलगायत कलाकार देखिएका छन्।

गीतको शब्द र संगीत बाबुल गिरीले तयार पारेका हुन्। गीत गायक रवि ओडले गाएका छन्।

फिल्म सन्तानप्रतिको माया ममता तथा स्नेहको कथामा आधारित छ। अभिमन्यू निरवीले लेखेको फिल्मको संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र निर्देशक चन्द्र पन्तले सहकार्य गरेका छन्।

नवराज उप्रेतीले छायांकन गरेको फिल्म माघ १६ देखि देशभर प्रदर्शन हुनेछ। आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाश जंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाले लगानी गरेका छन्।

यस्ताे छ गीत

प्रकाशित: १ पुष २०८२ ११:१५ | Tuesday, December 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast