विश्वप्रकाशले रोस्टममा उभिएर सम्झिए मातापिता र मतदाता

हिमाल प्रेस ५ माघ २०७९ १२:२४ | Thursday, January 19, 2023
विश्वप्रकाशले रोस्टममा उभिएर सम्झिए मातापिता र मतदाता

काठमाडौँ-  नेपाली कांग्रेस महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले प्रतिनिधिसभाको रोस्टममा उभिएर आफ्ना मातापिता र मतदातालाई सम्झिएका छन्।

उनले आफू पहिलो पटक संसद्मा बोल्न पाएको भन्दै सहिदलाई समेत सम्झिएका छन्। उनले आज प्रतिनिधिसभामा नेपाली कांग्रेसकी सभामुख उम्मेदवार कांग्रेसकी ईश्वरी न्यौपानेलाई मत माग मागेका थिए। उनले न्यौपाने सबैपक्षलाई बुझेकी नेत्रृ भएकाले मतदान गर्न आग्रह गरे।

‘संसद् भनेको सधैप्रतिपक्षको हो र यो संसद्मा हामी प्रतिपक्ष हौँ,’ उनले भने,‘पहिलेको सभामुखबाट पाठ सिकेर कांग्रेसले ईश्वरी न्यौपानेलाई उठाएको हो।’

प्रकाशित: ५ माघ २०७९ १२:२४ | Thursday, January 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast