सुदनको ‘चाहिँदैन भो पैसाको थुप्रो नि’ सार्वजनिक

हिमाल प्रेस ५ माघ २०७९ १२:११ | Thursday, January 19, 2023

काठमाडौँ- गायक सुदन गैरेको गीत ‘चाहिँदैन भो पैसाको थुप्रो नि’ सार्वजनिक भएको छ। गीतमा संगीत पनि गायककै रहेको छ। गणेश शाहीको शब्द रहेको गीतमा संगीत संयोजन भने पुष्कर सुनुवार गरेका हुन्।

पैसा कमाउन विदेशिनु पर्दैन बरु विदेश जाने खर्चले नेपालमै केही गर्न सकिन्छ भन्ने भाव गीतले व्यक्त गरेको छ। गीतको म्युजिक भिडियोमा युवा दम्पतीको जीवन संघर्षलाई देखाइएको छ।

वैदेशिक रोजगारीका लागि परदेशिने श्रीमतीको बाध्यता गीतमा प्रस्तुत गरिएको छ। भिडियोमा बीना राउत र सरोज प्रजाको अभिनय छ।

प्रकाशित: ५ माघ २०७९ १२:११ | Thursday, January 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast