एमाले महाधिवेशन : कति कति शुल्क बुझाएर उम्मेदवारी दर्ता गर्दैछन् आकांक्षीहरू?

हिमाल प्रेस २९ मंसिर २०८२ १३:३७ | Monday, December 15, 2025
एमाले महाधिवेशन : कति कति शुल्क बुझाएर उम्मेदवारी दर्ता गर्दैछन् आकांक्षीहरू?

काठमाडौँ- नेकपा एमालेको ११ औँ महाधिवेशनको उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ। कोही सामूहिक त कोही व्यक्तिगत रूपमा नाम दर्ता गराइरहेका छन्।

उनीहरूले निर्धारित शुल्क बुझाएपछि मात्र उम्मेदवारी दर्ता गर्न पाइने प्रावधान एमालेले राखेको छ। एमाले निकट निर्वाचन आयोगका अनुसार एमालेको अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार तोकिएको छ। पदाधिकारीहरु र केन्द्रीय आयोगका अध्यक्षका लागि १० हजार तोकिएको छ। केन्द्रीय सदस्यहरु र आयोगका पदाधिकारीका लागि ५ हजार शुल्क तोकिएको छ। पदाधिकारीमा केन्द्रीय उपाध्यक्षदेखि सचिवसम्म पर्छन्।

नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल प्रतिस्पर्धामा छन् । मतदान पुस १ गते मंगलबार बिहान ११ देखि साँझ ६ बजेसम्म गर्ने कार्यतालिका छ।

प्रकाशित: २९ मंसिर २०८२ १३:३७ | Monday, December 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast