तेस्रो सिजनको तयारीमा ‘कमेडी दरबार’ टिम

हिमाल प्रेस २९ मंसिर २०८२ १३:०९
18
SHARES
तेस्रो सिजनको तयारीमा ‘कमेडी दरबार’ टिम

काठमाडौँ- चर्चित कमेडी सो ‘कमेडी दरबार’को दोस्रो सिजन सकिएको छ। निर्माण टिमले दोस्रो सिजन सकिएको र तेस्रो सिजनको तयारीमा लागेको बताएको छ।

कार्यक्रमका निर्देशक तथा सञ्चालक विक्की अग्रवालले छिट्टै तेस्रो सिजन प्रसारणमा आउने बताए। उनले तेस्रो सिजनको सेट र कलाकार परिवर्तन गरिने जानकारी दिए। उनले भने, ‘अब हामी सिजन ३ मा भेट्नेछौं। तेस्रो सिजनमा सेट डिजाइन परिवर्तन हुनेछ। केही नयाँ कमेडियनहरू समेत समावेश गरिनेछ।’

अर्की निर्देशक श्रद्धा प्रसाईंले सो को ‘महाराजा’ र ‘महारानी’ (जज) मा पनि नयाँ ढाँचा ल्याउने तयारी भइरहेको बताइन्। उनले यसबारे केही समयपछि सार्वजनिक गर्ने जानकारी दिइन्।

हास्य कलाकार र अन्य चर्चित अनुहारसँगको प्रस्तुतिले पछिल्लो समय ‘कमेडी दरबार’ आम दर्शकमाझ चर्चित छ।

कमेडी दरबार टिम अहिले फिल्म ककाकिकी’ बनाउन व्यस्त छन्। फिल्म विक्की अग्रवाल र श्रद्धा प्रसाईंकै निर्देशनमा बनिरहेकाे छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast