सरकारले संसद् विघटन गरेर संसदीय व्यवस्थामाथि प्रहार गर्‍यो : सभामुख

हिमाल प्रेस २८ मंसिर २०८२ १७:२४ | Sunday, December 14, 2025
30
SHARES
सरकारले संसद् विघटन गरेर संसदीय व्यवस्थामाथि प्रहार गर्‍यो : सभामुख

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वर्तमान सरकारले संसद् विघठन गरेर संसदीय व्यवस्थामाथि प्रहार गरेको बताएका छन्।

संसद् सेवा दिवसका अवसरमा संघीय संसद् सचिवालयले आइतबार सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते संसद् भवनमा आक्रमण गरी ध्वस्त पार्ने काम भएको र भदौ २७ गते संसद् नै विघटन गर्नुको सोझो सान्दर्भिकता नरहेको बताएका हुन्।

पछिल्लो समय सरकारले संसद् र यसको सचिवालयमाथि आर्थिक र प्रशासनिक रूपमा अदृश्य बन्देज लगाउने प्रयास गरिरहेको उनको आरोप छ।

सभामुख घिमिरेले संसद् सरकारको अधिनमा रहने कुनै एउटा शाखा नभएको भन्दै स्वायत्त व्यवस्थापिकामाथि आँच आउने कुनै पनि गतिविधि नगर्न सरकारलाई सचेत समेत गराए। उनले संसद् कमजोर हुँदा लोकतन्त्र कमजोर हुने र लोकतन्त्र कमजोर भए राज्यले असफल हुने बताए।

संसद् विघटनको मुद्दामा अदालतले समयमा नै न्यायनिरुपण गर्ने उनको विश्वास छ। उनले राजनीतिक उतारचढावकाबीच संसद् सचिवालयका कर्मचारीहरुले निष्पक्ष रुपमा आफ्नो पेसागत धर्म निर्वाह गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: २८ मंसिर २०८२ १७:२४ | Sunday, December 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast