पालिकाले तलब घटाएपछि विद्यालय कर्मचारी र ईसीडी शिक्षक आन्दोलित

हिमाल प्रेस २८ मंसिर २०८२ ११:११ | Sunday, December 14, 2025
3.9k
SHARES
पालिकाले तलब घटाएपछि विद्यालय कर्मचारी र ईसीडी शिक्षक आन्दोलित

सुनसरी- बराहक्षेत्र नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी तथा प्रारम्भिक बालविकाससहजकर्ता (ईसीडी शिक्षक) ले नगरपालिकाले दिँदै आएको स्थानीय अनुदान कटौती गरेको विरोधमा आन्दोलनमा जाने चेतावनी दिएका छन्।

नेपाल विद्यालय कर्मचारी परिषद् तथा नेपाल प्रारम्भिक बालविकास शिक्षकको संयुक्त संघर्ष समिति बराहक्षेत्र नगर कार्य समितिद्वारा शुक्रबार जारी विज्ञप्तिमा यसअघि नगरपालिकाले प्रदान गर्दै आएको मासिक रु. ८ हजार अनुदानमध्ये चालु आर्थिक वर्षदेखि रु. २ हजार कटौती गरिएकोप्रति गम्भीर आपत्ति जनाइएको छ। न्यून पारिश्रमिकमा कार्यरत शिक्षक तथा कर्मचारीमाथि यस्तो निर्णयले अन्याय भएको उनीहरूको भनाइ छ।

विज्ञप्तिमा विद्यालयका साना बालबालिकाको हेरचाह र आधारभूत शिक्षा दिने प्रारम्भिक बालविकास शिक्षक तथा बिहानदेखि साँझसम्म विद्यालय व्यवस्थापनमा खटिने कर्मचारीहरूमाथि गरिएको विभेद तत्काल अन्त्य गरी अनुदान रकम यथावत् कायम गर्न माग गरिएको छ।

संघर्ष समितिले पटकपटक नगर प्रमुखसमक्ष अनुरोध गर्दा पनि माग सुनुवाइ नभएकाले मंसिर २८ गते आइतबारदेखि नगरपालिकाको कार्यालय अगाडि धर्ना बस्न बाध्य भएको जनाएको छ। अनुदान रकम यथावत् नहुन्जेलसम्म धर्ना लगायतका आन्दोलनका कार्यक्रम निरन्तर जारी रहने चेतावनी समेत दिइएको छ।

आन्दोलनप्रति ऐक्यबद्धता जनाउन नेपाल शिक्षक महासंघ बराहक्षेत्र तथा सम्बद्ध सबै घटकलाई समितिले आग्रह गरेको छ।
विज्ञप्तिमा नेपाल विद्यालय कर्मचारी परिषद् बराहक्षेत्र नगर कार्य समितिका अध्यक्ष रविन्द्र कार्की र नेपाल प्रारम्भिक बालविकास शिक्षक बराहक्षेत्र नगर कार्य समितिकी अध्यक्ष मेनुका कोर्कीले हस्ताक्षर गरेका छन्।

बराहक्षेत्रका ईसीडी शिक्षक र विद्यालय कर्मचारीका माग पूरा गर्ने प्रतिबद्धता, धर्ना स्थगित

प्रकाशित: २८ मंसिर २०८२ ११:११ | Sunday, December 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast