एमाले महाधिवेशनको तयारी पूरा

हिमाल प्रेस २६ मंसिर २०८२ १६:२५ | Friday, December 12, 2025
16
SHARES
एमाले महाधिवेशनको तयारी पूरा

काठमाडौँ- नेकपा (एमाले) ले शनिबारबाट सुरु हुने पार्टीको ११ औँ महाधिवेशनको तयारी पूरा भएको जनाएको छ।

शुक्रबार महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीमा पत्रकार सम्मेलन गर्दै एमालेले महाधिवेशनलाई भव्य र सभ्य बनाउन सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको हो।

महाधिवधेशनको उद्घाटन समारोहमा करिब तीन लाख जनाको उपस्थिति रहने एमाले नेता राजन भट्टराईले जानकारी दिए। महाधिवेशनको उद्घाटन समारोहमा आउन सहजता प्रदान गर्न सवारी साधनको व्यवस्था र पार्किङको पनि उचित व्यवस्थापन गरिएको उनले बताए।

भट्टराईले कोटेश्वरतर्फबाट आउने गाडीलाई गठ्ठाघरमा रोकिने र त्यहाँबाट र्‍यालीसहित सल्लाघारी आउने व्यवस्था गरिएको र पूर्वतर्फबाट आउने गाडीलाई जगातीमा रोकेर र्‍यालीसहित महाधिवेशनस्थलमा आउने व्यवस्था गरिएको जानकारी दिए।

त्यस्तै दुई सयभन्दा बढी सांस्कृतिक भेषभूषासहित झाँकी प्रदर्शनी हुने उनले बताए। उनले महाधिवेशनमा मुलुकभित्रका राजनीतिक दललाई आमन्त्रण गरिएको र अन्य मित्रराष्ट्रका पार्टीबाट भने शुभकामना सन्देशमात्रै वाचन गरिने उल्लेख गरे।

भट्टराईले पार्टी र व्यवस्थामाथि धावा बोलिरहेको बेला पार्टीको महाधिवेशन एकढिक्का भएर चूनौतिको सामना गर्न अघि बढ्ने स्पष्ट पारे। एमालेको महाधिवेशनको उद्घाटन मंसिर २७ गते शनिबार भक्तपुरको सल्लाघारी चौरमा हुने छ भने बन्दसत्र राष्ट्रिय सभागृहमा हुने एमालेले जनाएको छ।

प्रकाशित: २६ मंसिर २०८२ १६:२५ | Friday, December 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast