चार मन्त्रीले लिए शपथ

हिमाल प्रेस २६ मंसिर २०८२ १५:३४
30
SHARES
चार मन्त्रीले लिए शपथ शीतल निवासमा शुक्रबार आयोजित समारोहमा नवनियुक्त चार मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउँदै राष्ट्रपति रामचन्द्र पौडेल। तस्बिर : शीतल निवास

काठमाडौँ- सुशीला कार्की नेतृत्वको सरकारमा चार जना मन्त्री थपिएका छन्। उनीहरू चारैजनाले शुक्रबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

नयाँ मन्त्रीमा श्रद्धा श्रेष्ठ, कुमार इङ्नाम, राजेन्द्रसिंह भण्डारी र माधव चौलागाईं छन्। उनीहरूले क्रमशः महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी  पाएका छन्।

यस विस्तारसँगै मन्त्रिपरिषद् १४ सदस्यीय भएको छ। पछिल्लो पटक कात्तिक ९ गते पुनर्गठन गरेर १० सदस्यीय बनाइएको थियो। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए।

त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा निर्दलीय सरकार गठन भएको थियो। फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचन गराउने जिम्मेवारी पाएको सरकारले मन्त्रीको संख्या थप गर्न थालेपछि आलोचना हुन थालेको छ।

सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूको सिफारिसमा संवत् २०८२ भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधान बमोजिम देहाय अनुसारको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गर्नु भएको छ।

यी हुन् कार्की सरकारका मन्त्रीहरू

क्र.सं. नाम, थर पद कार्यविभाजन
१. सुशीला कार्की प्रधानमन्त्री परराष्ट्र; रक्षा; खानेपानी
२. रामेश्वरप्रसाद खनाल मन्त्री अर्थ; सङ्घीय मामिला तथा सामान्य प्रशासन
३. कुलमान घिसिङ मन्त्री ऊर्जा, जलस्रोत तथा सिंचाइ; भौतिक पूर्वाधार तथा यातायात; सहरी विकास
४. ओमप्रकाश अर्याल मन्त्री गृह
५. अनिलकुमार सिन्हा मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति; कानून, न्याय तथा संसदीय मामिला; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
६. महावीर पुन मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि
७. मदनप्रसाद परियार मन्त्री कृषि तथा पशुपन्छी विकास
८. जगदीश खरेल मन्त्री सञ्चार तथा सूचना प्रविधि
९. सुधा गौतम मन्त्री स्वास्थ्य तथा जनसङ्ख्या
१०. बब्लु गुप्‍ता मन्त्री युवा तथा खेलकुद
११. कुमार इङ्नाम मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१२. राजेन्द्रसिंह भण्डारी मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१३. माधवप्रसाद चौलागाई मन्त्री वन तथा वातावरण
१४. श्रद्धा श्रेष्‍ठ मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
प्रकाशित: २६ मंसिर २०८२ १५:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast