हलमा लागे फिल्म ‘पीआर’ र ‘लाेकन्ती’

हिमाल प्रेस २६ मंसिर २०८२ १२:२२ | Friday, December 12, 2025
18
SHARES
हलमा लागे फिल्म ‘पीआर’ र ‘लाेकन्ती’

काठमाडौँ- फिल्म ‘पीआर’ र ‘लाेकन्ती’ आजदेखि हलमा लागेको छ।

शोभित बस्नेतको निर्देशनमा बनेको फिल्ममा नेपालबाट पढ्नका लागि अस्ट्रेलिया पुगेका युवाको कथालाई देखाइएको छ।

फिल्मको कथा गणेश बुढाथोकीले लेखेका हुन्। फिल्ममा आरए सुरज पौडेल र विनिता कार्की मुख्य भूमिकामा छन्। साथै, फिल्ममा नीर शाह, गौरी मल्ल, रवीन्द्र खड्का, उत्तम के‍सी नेपाल, दिक्पाल कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा, नवीन घायललगायत कलाकारको अभिनय छ।

सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको फिल्ममा लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन्। सौरभ सायमी र सौरभ लामाले फिल्मको छायांकन गरेको फिल्म बन्दे प्रसादले सम्पादन गरेका छन्।

रञ्जित रानाको निर्देशनमा बनेको फिल्म ‘लोकन्ती’ पारिवारिक कथामा बनेको छ। काजी लिम्बूको कथा लेखन रहेको फिल्ममा एसराज गराच र मोडल ऋचा थापा मुख्य भूमिकामा छन्। साथै फिल्ममा विमला लिम्बू, कुमार न्यौपाने, विकाश अधिकारी, दमन रुपाखेती, गोविन्द प्रभातलगायत कलाकारले अभिनय गरेका छन्।

सन्तोष न्यौपाने निर्माता रहेको फिल्म गौतम राज खड्काको सम्पादन, रोनिश तामाङ च्याङ्बाको छायांकन, विकास चौधरीको संगीत निर्देशनमा बनेको छ।

प्रकाशित: २६ मंसिर २०८२ १२:२२ | Friday, December 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast