बिटी कान्छा निर्देशित वेब सिरिज ‘हरामी’ काे शीर्ष गीत सार्वजनिक

हिमाल प्रेस २५ मंसिर २०८२ ११:०४ | Thursday, December 11, 2025
बिटी कान्छा निर्देशित वेब सिरिज ‘हरामी’ काे शीर्ष गीत सार्वजनिक

काठमाडौँ- ‘बिटी कान्छा’ को उपनामले परिचित विश्वास तिमल्सेनाको लेखन तथा निर्देशनमा वेब सिरिज ‘हरामी’ बनेकाे छ। निर्माण टिमले बिहीबार सिरिजको शीर्ष गीत सार्वजनिक गरेका छन्।

‘हरामी’ बोलको शीर्ष गीत सिरिजका तीन पात्र हरि, राहुल र मिलनको पहिलो अक्षरमा नामांकन गरिएको निर्देशक बिटी कान्छाले बताए। साइलाको स्वर रहेको गीत उनले नै लेखेका हुन्। गीतमा समिरन राणाको संगीत निर्माण गरेका छन्।

सिरिजमा विभिन्न विषयलाई कमेडी शैलीमा प्रस्तुत गर्ने जमर्को गरेको निर्देशक बिटी कान्छाले बताए। पहिलो भागमा पाएको सकारात्मक प्रतिक्रियाबाट अपेक्षित रहेको पनि उनले खुलाए। प्रसारण भइसकेको पहिलो भागमा उनले साथीको दबाबले लिने निर्णयलाई हास्य रसमा प्रस्तुत गरेका छन्।

‘प्रसारण भएको पहिलो भागबाट राम्रो समीक्षा पाएका छौँ। जम्मा पाँच भागको एपिसोड रहने सिरिजमा फरक फरक थिममा तयार गरेका छौँ’, बिटी कान्छाले भने। सिरिजमा प्रत्येक साता फिल्म क्षेत्रका चर्चित नाम सिरिजमा देखिने उनले बताए।

मन प्रोडक्सनले निर्माण गरेको सिरिजमा निकुन श्रेष्ठ, ऋषिकेष बस्याल र सशांक बोहरा मुख्य भूमिकामा छन्। तीन साथीको कथामा बनेको अन्य कलाकार आना शर्मा, घनुभाइ जोशी, रक्षा थापा, गौमाया गुरुङ, प्रीतिशा अधिकारीलगायतले अभिनय गरेका छन्।

आफ्नै युट्युब च्यानलमार्फत नेपाली फिल्मको समीक्षा गर्दै आएका बिटी कान्छा पछिल्लो समय कमेडी दरबारमा प्रस्तुति दिइरहेका छन्।

यस्ताे छ गीत

प्रकाशित: २५ मंसिर २०८२ ११:०४ | Thursday, December 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast