काठमाडौँ- देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
प्रकाशित: २५ मंसिर २०८२ ६:१३ | Thursday, December 11, 2025
प्रतिक्रिया



