कर्णाली प्रदेशकी उपसभामुख न्यौपानेले लिइन् शपथ

हिमाल प्रेस ४ माघ २०७९ १९:३०
6
SHARES
कर्णाली प्रदेशकी उपसभामुख न्यौपानेले लिइन् शपथ

सुर्खेत– कर्णाली प्रदेशका नवनिर्वाचित उपसभामुख यशोदा न्यौपाने (पूर्णिमा)ले पद तथा गोपनीयताको शपथ लिएकी छन्। कर्णाली प्रदेश प्रमुख तिलक परियारले कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम १० बमोजिम नवनिर्वाचित उपसभामुख न्यौपानेलाई बुधबार (आज) पद तथा गोपनीयताको शपथ गराएका हुन्।

प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको बुधबार (आज) बसेको पाँचौँ बैठकले उपसभामुख न्यौपानेलाई बहुमतले निर्वाचित गरेको थियो । सत्तारूढ दलका साझा उम्मेदवारका रूपमा उपसभामुखमा निर्वाचित न्यौपाने नेकपा माओवादी केन्द्र कालीकोटबाट समानुपातिक प्रदेशसभा सदस्यमा निर्वाचित हुन्।

प्रकाशित: ४ माघ २०७९ १९:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 12 =