कर्णाली प्रदेशको उपसभामुखमा यशोदा न्यौपाने विजयी

हिमाल प्रेस ४ माघ २०७९ १७:१९ | Wednesday, January 18, 2023
कर्णाली प्रदेशको उपसभामुखमा यशोदा न्यौपाने विजयी

सुर्खेत– कर्णाली प्रदेशको उपसभामुखमा नेकपा माओवादी केन्द्रकी यशोदा न्यौपाने विजयी भएकी छन्। बुधबार बसेको प्रदेश सभाको बैठकमा भएको मत विभाजनबाट उपसभामुखमा न्यौपाने विजयी भएकी हुन्।  बुधबार बसेको प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको पाँचौँ बैठकले सत्तारुढ दलको तर्फबाट नेकपा माओवादी केन्द्रकी न्यौपाने विजयी भएकी हुन्।

न्यौपाने कालीकोटमा समानुपातिक कोटाबाट कर्णाली प्रदेशको सदस्यमा निर्वाचित भएकी थिइन्। नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्यसमेत रहेकी न्यौपानेको प्रस्तावक प्रदेश सभा सदस्य कृष्ण जिसी रहेका थिए भने नेकपा एमालेका विनोदकुमार शाहले सर्मथन गरेका थिए।

न्यौपानेको पक्षमा २४ मत खसेको छ। जम्मा ४० जना प्रदेश सभा सदस्य रहेको कर्णली प्रदेशमा उपसभामुखको लागि भएको मतविभाजनमा ३८ जना सांसदले भाग लिएका थिए। यस्तै, कांग्रेसबाट उपसभामुखमा कांग्रेसबाट उम्मेदवारी बनेकी इन्द्राकुमारी शाहीको पक्षमा जम्मा १४ मत परेको छ।

प्रकाशित: ४ माघ २०७९ १७:१९ | Wednesday, January 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast