नेकपा (एस) को दस्तावेज मस्यौदा समिति गठन, संयोजकमा खनाल

हिमाल प्रेस ४ माघ २०७९ १५:४९ | Wednesday, January 18, 2023
नेकपा (एस) को दस्तावेज मस्यौदा समिति गठन, संयोजकमा खनाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले दस्तावेज मस्यौदा समिति गठन गरेको छ। बुधबार केन्द्रीय पार्टी कार्यालयमा भएको बैठकले सम्मानित नेता झलनाथ खनालको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरेको हो।

समितिमा सदस्यहरू केशवलाल श्रेष्ठ, वेदुराम भुसाल, जगन्नाथ खतिवडा, गंगालाल तुलाधर, प्रकाश ज्वाला, विजय पौडेल, राजेन्द्र राई, रामकुमारी झाँक्री, सावित्रा भुसाल र गणेश विक रहेका छन्।

समितिले पार्टीको सिद्धान्त, पार्टी निर्माणको मूल दिशाको बारेमा दस्तावेज मस्यौदा तयार गर्नेछ। त्यसपछि पार्टी बैठकले सो मस्यौदा पारित गर्नेछ।

प्रकाशित: ४ माघ २०७९ १५:४९ | Wednesday, January 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast